खनियाँबास गाउँपालिका–४ किन्ताङफेदीमा बेली ब्रिज निर्माण

बैशाख १७,धादिङ । सडक खनेको चार दशकपछि धादिङको खनियाँबास गाउँपालिका–४ किन्ताङफेदीमा पुल (बेली ब्रिज) निर्माण गरिएको छ। उत्तरी धादिङको लाइफलाइन मानिने दामन–पाख्रिन मार्गको किन्ताङ खोलामा निर्माण गरिएको पुलमा सवारीसाधन ओहोर दोहोरो गराउन थालिएको छ। उत्तरी धादिङको तीन गाउँपालिकालाई प्रत्यक्ष लाभ पुर्‍याउने पुलको आइतबार सङ्घीय सांसद रामनाथ अधिकारी र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले संयुक्तरुपमा उद्घाटन गरे। खनियाँबास–४ र नेत्रावती डबजोङ गाउँपालिका–१ जोड्ने किन्ताङखोलामा बनेको उक्त पुल ४२ दशमलव ६७ मिटर लामो र चार दशमलव दुई मिटर चौडा रहेको छ । नेपाली सेनाको प्राविधिक सहयोगमा सो पुल निर्माण सम्पन्न भएको हो।…

पुरा पढ्नुहाेस्

भोजपुरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

बैशाख १७, काठमाडौँ । भोजपुरको आमचोक गाउँपालिका वडा नम्बर ८ पारकुवामा जिप दुर्घटना भएको छ । बालाङ्खाबाट दुम्माना हुँदै मैयुटार जाँदै गरेको को १ ज २६१७ नम्बरको बोलेरो जिप दूधकोशी नदी किनारमा खसेको छ । दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा आमचोक गाउँपालिका–१० की २७ वर्षीया रुँगा राई रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिए । घाइतेहरुलाई उद्धार गरी उपचारका लागि सुनसरीको धरानस्थित घोपा पठाइएको छ । घाइतेहरुको नामावली र अवस्था खुल्न सकेको छैन ।

पुरा पढ्नुहाेस्

बझाङमा एमाले र कांग्रेसबीचको प्रतिस्पर्धा, कति छ मतको फरक ?

१७ वैशाख, धनगढी । बझाङमाको प्रदेश सभा १ मा भएको उपनिर्वाचनमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा भइरहेको छ । सुरुआती मतगणनामा एमालेका दमनबहादुर भण्डारीले अग्रता लिएको थिए भने मध्यतिर कांग्रेसका अभिषेकबहादुर सिंहले अग्रता कायम गरेका थिए । तर, फेरि एमालेले २० मतले अग्रता लिएको छ । २७ हजार ३५७ सदर मतमध्ये एमालेका भण्डारीले १० हजार ४११ मत प्राप्त गरेका छन् भने कांग्रेसका सिंह १० हजार ३९१ मत पाएका छन् । माओवादी केन्द्रका जनकबहादुर बुढाले तीन हजार ७१३, एकीकृत समाजवादीका दिलबहादुर सिंहले दुई हजार ४४९ मत प्राप्त गरेका छन् । राप्रपाका…

पुरा पढ्नुहाेस्

सिम्रिकको हेलिकप्टर धुलिखेलमा आकस्मिक अवतरण

बैशाख १७, काठमाडौँ । इण्डिकेटरमा ढोका नलागेको संकेत देखिएपछि सिम्रिक एयरको हेलिकप्टर धुलिखेलमा आकस्मिक अवतरण गर्नु परेको छ । सोमबार बिहान काठमाडौंबाट लुक्ला उडेको नाइनएन एकेडी हेलिकप्टर धुलिखेलमा अवतरण गरिएको हो । विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार इण्डिकेटरले संकेत गरेपछि सुरक्षाका दृष्टिकोणबाट सुरक्षित अवतरण गराएर जाँच गर्नुपर्छ । सोही सिलसिलामा सिम्रिकको जहाज धुलिखेलमा रोक्नु परेको थियो । ढोका सही तरिकाले लगाएपछि हेलिकप्टर पुनः लुक्ला उडेको छ ।

पुरा पढ्नुहाेस्

आइएमई लाइफको नाफामा उछाल, खुद बीमा शुल्क कति ?

बैशाख १७, काठमाण्डौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफामा ७५ प्रतिशतको उछाल आएको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३३ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीको खुद नाफा १८ करोड ८ट लाख रुपैयाँ थियो । कम्पनीले समीक्षा अवधिसम्म ३ अर्ब ११ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको २ अर्ब ८९ करोडको तुलनामा ७।७९ प्रतिशतले धेरै हो । कम्पनीको अन्य प्रत्यक्ष आम्दानी ७३ लाख २५ हजार,लगानी तथा कर्जा आम्दानी ९६ करोड १३…

पुरा पढ्नुहाेस्

सुनको भाउ चार सय रुपैयाँले घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

बैशाख १७,काठमाण्डौँ । सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेको छ । हिजो तोलाको एक लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख ३७ हजार दुई सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको भाउ आज तोलामा ५ रुपैयाँले बढेर एक हजार ६ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

पुरा पढ्नुहाेस्

आईपीएलमा आज कोलकाता र दिल्लीबिच भिडन्त हुँदै

बैशाख १७, काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको १७औँ संस्करणमा सोमबार कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्सबिच खेल हुनेछ । खेल कोलकातास्थित ईडेन गार्डेन्स स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ । जारी सिजनको आईपीएलमा खेल्न लागिएको यो ४७औँ खेल हो । कोलकाता नाइट राइडर्सले आफ्नो नवौँ खेल खेल्न लागेको हो । दिल्ली क्यापिटल्सले भने जारी सिजनको आईपीएमा आफ्नो ११औँ खेल खेल्न लागेको हो ।

पुरा पढ्नुहाेस्

लगानी सम्मेलनको दोस्रो दिन : पाँच एमओयू सम्झौता

काठमाडौँ । लगानी सम्मेलनको दोस्रो दिन दुई वटा दुईपक्षीय सम्झौता एमओयू भएको छ । सम्मेलनमा आज होटलसँग सम्बन्धित र सार्वजनिक निजी साझेदारीसँग सम्बन्धित विषयमा एमओयू भएको हो । नेपालको शाख समूहले हङकङको बोर होटलसँग एमओयू गरेको छ । यस्तै नेपाल एसोसिएसन अफ सार्वजनिक निजी साझेदारी एनएपीपीपी र वर्ल्ड एसोसिएसन अफ अफ पीपीपी युनिट एण्ड पीपीपी प्रोफेसनल ९वाप्प०बिच समेत एमओयू सम्झौता भएको हो । सम्झौताअनुसार बोर होटलले नेपालको कपिलवस्तुमा होटलमा लगानी गर्ने छ । उक्त होटलमा चीनबाट करिब १ अर्ब ९० करोड रुपैयाँ लगानी आउनेछ । यस्तै सार्वजनिक निजी साझेदारीसँग सम्बन्धित…

पुरा पढ्नुहाेस्

भारतमा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु, २३ घाइते

बैशाख १७, काठमाण्डौँ । भारतको छत्तीसगढस्थित बेमेटारामा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । घटनामा २३ जना घाइते भएका छन् ।पार्किङ गरिएको ट्रकलाई पिकअपले ठक्कर दिएपछि दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमा ५ महिला र ३ बालबालिका रहेका छन् । उनीहरुको घटना स्थलमै मृत्यु भएको हो । भारतीय प्रहरीका अनुसार घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुलाई रायपुर एम्समा रिफर गरिएको छ । प्राप्त जानकारी अनुसार पिकअपमा ४०–५० जना सवार रहेका थिए । घटनाबारे भारतीय प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

पुरा पढ्नुहाेस्

सिंहदरबार प्रवेश गर्न अब अनलाइनबाटै प्रवेश पासको व्यवस्था

बैशाख १७, काठमाण्डौँ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज र प्रविधिमैत्री बनाउन अनलाइनबाटै प्रवेश पासको व्यवस्था गरिएको छ । कामका लागि सिंहदरबार प्रवेश गर्नेहरुलाई थप सहज र प्रविधिमैत्री बनाउने उद्देश्यले आजदेखि ई–गेट पास प्रणाली सञ्चालनमा ल्याइएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ई–गेट पासका लागि वेबसाइटमा क्युआर कोडसहितको पास अनुरोध गर्नुपर्ने हुन्छ । मन्त्रालयबाट अनुरोध स्वीकृति भइसकेपछि मात्रै ई–गेट पास जारी हुनेछ र त्यो पास साथमा लिएर सिंहदरबार प्रवेश गर्न सकिने मन्त्रालयले जनाएको छ ।

पुरा पढ्नुहाेस्