भारतद्वारा चितवनमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण

बैशाख १४,काठमाडौँ । नेपाल–भारत विकास सहकार्य अन्तर्गत भारत सरकारको नेरु. ३.६७४ करोड आर्थिक सहयोगमा चितवनको खैरहनी नगरपालिकामा निर्माण गरिएको ‘The Embankment and Launching Apron Dhungre Khola River Training Works’ परियोजनाको आज खैरहनी नगरपालिकाका मेयर शशी कुमार खनिया र भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव अविनाश कुमार सिंहले संयुक्त रुपमा उद्घाटन गरेका छन् । उक्त कार्यक्रममा जनप्रतिनिधि, सरकारी अधिकारी, परियोजना उपभोक्ता समितिका प्रतिनिधि र समाजसेवीको पनि उपस्थिति रहेको थियो । नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग स्थानीय समुदायका मानिसहरुका लागि भनेर चितवनको खैरहनी नगरपालिकामा पर्ने ढुङ्ग्रे खोलामा तटबन्ध र खोलाको…

पुरा पढ्नुहाेस्

फरवार्ड माइक्रोफाइनान्सको नाफामा १६७ प्रतिशतको उछाल

बैशाख १४,काठमाडौँ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार लघुवित्तको नाफामा उल्लेख्य बृद्धि देखिएको छ । समिक्षा अवधिमा लघुवित्तले ११ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १६७.१६ प्रतिशतले बढि हो । लघुवित्तले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ४ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी पनि ६.१६ प्रतिशतले बढेको छ त्यस्तै लघुवित्तको खुद सञ्चालन आम्दानी…

पुरा पढ्नुहाेस्

भारतमा दोस्रो चरणको मतदान आज हुँदै

बैशाख १४,काठमाडौँ । भारतमा सङ्घीय संसदको तल्लो सदन लोकसभा चुनाव अन्तर्गत दोस्रो चरणको मतदान आज हुँदैछ । आज १२ राज्य र केन्द्रशासित एक प्रदेशका गरी कुल ८८ सिटका लागि मतदान शुरु भएको छ । यसका लागि एक हजार दुई सय १० उम्मेदवार प्रतिस्पर्धामा छन् । अघिल्लो चुनावमा बीजेपीले ५५ र कांग्रेसले १८ सिट जितेका थिए । कांग्रेस नेता राहुल गान्धी लगातार दोस्रो कार्यकालका लागि निर्वाचित हुन प्रतिष्पर्धा गरिरहेको केरलाको वायनाड निर्वाचन क्षेत्रमा पनि आजै मतदान हुने बीबीसी हिन्दीले जनाएको छ । केरलाका सबै २० सिटका लागि आज मतदान हुनेछ ।…

पुरा पढ्नुहाेस्

सुनको भाउ बढ्यो

बैशाख १४,काठमाडौँ । सुनको भाउ आज तोलामा एक हजार चार सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको एक लाख ३७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ३५ हजार आठ सय रुपैयाँ रहेको थियो । त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा २० रुपैयाँले बढेर एक हजार छ सय ७५ रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार छ सय ५५ रुपैयाँ थियो ।

पुरा पढ्नुहाेस्

६ जना एसएसपीको सरुवा, रजौरेलाई काठमाडौं प्रमुखको जिम्मेवारी

बैशाख १४,काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ६ जना एसएसपीको सरुवा गरेका छन् । काठमाडौं जिल्ला प्रहरी परिसरका एसएसपी भुपेन्द्र खत्रीलाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ । विभागमा रहेका बसन्त रजौरेलाई काठमाडौं प्रमुखको जिम्मेवारी दिएका छन् । उपत्यका अपराध कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठोरलाई राष्ट्रिय सुरक्षा परिषद्मा सरुवा गरिएको छ भने परिषद्मा रहेका सानुराम भट्टराई, राठोरको स्थानमा आएका छन् ।प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालयका एसएसपी अभयनारायण काफ्लेलाई कोशी प्रदेश तालिम निर्देशनालयमा पठाइएको छ । कोशीमा रहेका एसएसपी राजन अधिकारीलाई हेडक्वार्टरको तालिम निर्देशनालयमा ल्याइएको छ ।

पुरा पढ्नुहाेस्

२८ जना सहसचिवहरुको सरुवा ! हेर्नुस्, कसको कहाँ भयो सरुवा ?

बैशाख १४,काठमाडौँ । सरकारले २८ जना सहसचिवहरुको सरुवा गरेको छ । सहसचिव देवराज जोशीसहित २८ जना सहसचिवको सरुवा भएको हो । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले २८ जना सहसचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै भरतपुर र ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पनि परिवर्तन भएका छन् । ललिलतपुरका वीरेन्द्रदेव भारती भरतपुरमा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी रेखा दासको ललितपुर महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भएको छ । यसबाहेक अन्य मन्त्रालय र प्रदेश मन्त्रालयका विभिन्न पदका सहसचिवहरुको पनि अन्तरमन्त्रालय सरुवा पनि भएको छ ।

पुरा पढ्नुहाेस्

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

बैशाख १४, काठमाडौँ। मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आयोजना हुन तेस्रो लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिने भएको छ । पर्याप्त पूँजी, प्रविधि र मानव संसाधनको लागि सरकार र निजी क्षेत्रका साथै बाह्य लगानी पनि आवश्यक भएकाले समग्र देशको विकासमा योगदान गर्ने ठानिएका ती परियोजना आगामी आइतबार र सोमबार यहाँ आयोजना हुने सम्मेलनमा प्रस्तुत हुनेछन् । लगानी बोर्डको ५८औँ बैठकले ती परियोजनाका निम्ति आशयपत्र माग, लगानीकर्तासँग परियोजनाबारे विस्तृत छलफल गर्ने निर्णय गरेको छ । सम्मेलनामा सबैभन्दा धेरै ऊर्जा…

पुरा पढ्नुहाेस्

विद्युत् बिधेयक निजी क्षेत्र र लगानीमैत्री बनाउन प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई खुला गर्छौँ : सभापति सिंह

बैशाख १५, काठमाडौँ । ऊर्जा व्यवसायी तथा सरोकारवालाहरुले ‘विद्युत् विद्येयक, २०८०’ लाई निजी क्षेत्र र लगानीमैत्री बनाउनुपर्ने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल इप्पान र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा काठमाडौंमा जारी हिमालयन हाइड्रो एक्स्पोमा बिहीबार भएको ऊर्जा सम्बन्धी नीति सम्बन्धी प्राविधिक शत्रमा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् । बुधबारदेखि सञ्चालन भएको एक्स्पो शुक्रबारसम्म सञ्चालन हुनेछ । कार्यक्रममा पुर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले विद्युत् प्रसारण लाइनलाई व्यवसायीक रुपमा निर्माण तथा सञ्चालन गर्न निजी क्षेत्रलाई खुला गर्ने घोषणा गरे । संसद्मा विचाराधिन ‘विद्युत् विद्येयक, २०८०’…

पुरा पढ्नुहाेस्

हिमालयन हाइड्रो एक्स्पो : ग्रीन हाइड्रोजन परियोजनामा कन्सियस इनर्जी-केयू र उर्जा डेभेलपर्सको सहकार्य

बैशाख १४, काठमाडौँ । नेपाले काठमाडौं विश्वविद्यालय केयूको स्पिनअफ कम्पनी कन्सियस इनर्जी (Conscious Energy) ले नेपालमा ग्रीन हाइड्रोजन व्यावसायिक परियोजनाहरू अगाडि बढाउन उर्जा डेभलपर्स (Urja Developers) सँग रणनीतिक साझेदारीको घोषणा गरेको छ ।स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल इप्पानले आयोजना गरेको चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२४ को दोस्रो दिन दुई कम्पनीबीच महत्वपूर्ण सम्झौता भएको हो । कन्सियस इनर्जी एक अनुसन्धान(उन्मुख परामर्श सेवा प्रदायकको रूपमा विस २०८० मा स्थापित भएको थियो, जसले हरित ऊर्जा क्षेत्रमा लगानी गर्न, सञ्चालन गर्न र आफ्नो उपस्थिति बढाउन खोज्ने ग्राहकहरूलाई सेवा प्रदान गर्दछ । यस कम्पनीले…

पुरा पढ्नुहाेस्

व्यक्तिगत सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

बैशाख १४, काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नियमभन्दा बाहिर व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरुलाई २४ घण्टाभित्र फिर्ता बोलाउन निर्देशन दिएका छन् । बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै गृहमन्त्री लामिछानेले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई नियमभन्दा बाहिर खटिएका सुरक्षाकर्मीहरुलाई तत्काल फिर्ता बोलाउन निर्देशन दिएका हुन् ।

पुरा पढ्नुहाेस्