शेयर बजार भारी अंकले घट्यो, १ अर्ब ३१ करोड ७६ लाख ९३ हजार ६९७ रुपैयाँको कारोबार !

जेठ १६, काठमाण्डौ । साताको पहिलो कारोबारको दिन शेयर बजार भारी अंकले घटेको छ । शेयर लगानीकर्ताहरूले अपेक्षा गरे अनुरूपको बजेट नआएको हुनाले लगानीकर्ताहरूको मनोबल घटेको छ । अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार १५.८२ अंक घटेर २२२३.७८ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेञ्च नेप्से परिसुचक ४५.०९ अंकले घटेर २१७८.६९ को बिन्दुमा पुगेको छ ।

नेप्से २.०३ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि ७.८४ अंकले घटेर ४२५.२३ विन्दुमा झरेको छ । आज नेप्सेमा सूचीकृत २२७ कम्पनीको ३४ लाख ८ हजार ६६० कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३१ करोड ७६ लाख ९३ हजार ६९७ रुपैयाँको कारोबार भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै वटा उपसमूहको शेयर घटेको छ ।

संम्बन्धित समचार

Leave a Comment