पूर्वडीआईजी रञ्जन कोइरालालाई केन्द्रीय कारागार सुन्धारा चलान

जेठ १६, काठमाण्डौ । पूर्वडीआईजी रञ्जन कोइरालालाई केन्द्रीय कारागार सुन्धारा चलान गरिएको छ । शुक्रबार पक्राउ परेका उनलाई जिल्ला अदालत काठमाडौंमा सोमबार उपस्थित गराएर अदालतको अनुमतिमा केन्द्रीय कारागारस्थित भद्र बन्दी गृहमा लगिएको हो । केन्द्रीय कारागारका तीनवटा बन्दीगृहमा ३ हजार २४१ जना कैदीबन्दी छन्।

कोइरालालाई राखिएको भद्रमा एक हजार ६८ जना कैदीबन्दी छन् । यसअघि साढे ८ वर्ष उनलाई डिल्लीबजार कारागारमा राखिएको थियो। फैसला उल्टिएसँगै उनलाई कारागार पनि परिवर्तन गरिएको हो । गत बिहीबार सर्वोच्च अदालतले उनलाई जन्मकैदकै फैसला हुने ठहर गरेको थियो। सर्वोच्चले फैसला गरेको भोलिपल्ट शुक्रबार बानेश्वरबाट उपत्यका अपराध महाशाखाले पक्राउ गरेको थियो । सर्वोच्च अदालतको फैसला तयार नहुँदा तीनदिन कारागार नलगि प्रहरी हिरासतमा राखिएको थियो ।

 

संम्बन्धित समचार

Leave a Comment