पशुपतिनगरमा भएको सवारी दुर्घटनामा बावु-छोरीको मृत्यु

जेठ २९, काठमाण्डौ । पूर्व पश्चिम राजमार्गको हेटौंडा ९ पशुपतिनगरमा भएको सवारी साधन दुर्घटनामा बावु छोरीको मृत्यु भएको छ । भारतबाट ग्याँस बोकेर आएको एनएल०१एल २९७१ नम्बरको ग्याँस बुलेटले हेटौंडा बजारतर्फ आउँदै गरेको ना६१प ४५९७ नम्बरको मोटरसाइकलाई पछाडिबाट ठक्कर दिंदा बाबु छोरीको मृत्यु भएको प्रहरी जनाएको छ ।

घटनामा ५५ वर्षीय बावु ईश्वरकुमार तामाङ र उनकी २६ वर्षीय छोरी अमिना तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । ग्याँस बुलेटको ठक्करबाट मोटरसाइकल उछिट्टिएर घाइते भएका उनीहरूलाई हेटौंडा अस्पतालमा ल्याउने बित्तिकै डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply