बजारमा तरकारीको मुल्य कति छ ?

जेठ २९, काठमाण्डौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार आज आइतबार ठूलो गोलभेडाको औसत मूल्य प्रतिकेजी ८५ रुपैयाँ, लोकल सानो गोलभेडा ३५ रुपैयाँ, टनेल गोलभेडा ४६ रुपैयाँ, रातो आलु ४२ रुपैयाँ ५० पैसा, मुडेको आलु ३७ रुपैयाँ, सेतो आलु ३१ रुपैयाँ ३३ पैसा, सुकेको भारतीय प्याज ३५ रुपैयाँ ८० पैसा, लोकल बन्दा ८० रुपैयाँ, स्थानीय काउली ५६ रुपैयाँ ६७ पैसा, ज्यापु काउली ६६ रुपैयाँ ६७ पैसा, तने बोडी ६२ रुपैयाँ, मकै बोडी ७६ रुपैयाँ ६७ पैसा र लोकल सिमी ५५ रुपैयाँ रहेको छ ।

त्यस्तै, भिण्डी प्रतिकेजी ३० रुपैयाँ, स्कुस ४५ रुपैयाँ, स्कुस ४५ रुपैयाँ, रायोको साग ७६ रुपैयाँ ६७ पैसा, तोरीको साग ४५ रुपैयाँ, हरियो प्याज ८६ रुपैयाँ ६७ पैसा, पाकेको फर्सी ३२ रुपैयाँ ५० पैसा, लौका ४६ रुपैयाँ ६७ पैसा, तितो करेला २७ रुपैयाँ ५० पैसा, भटमास कोशा ९० रुपैयाँ, कन्य च्याउ २७५ रुपैयाँ, डल्ले च्याउ ३६० रुपैयाँ, कुरीलो २२५ रुपैयाँ, सेलरी २२५ रुपैयाँ, तामा ११५ रुपैयाँ, कागती १६५ रुपैयाँ, दसहरी र मालदह आँप ९० रुपैयाँ, भुई कटहर १७० रुपैयाँ, रुख कटहर ४६ रुपैयाँ ६७ पैसा र किवि ५२५ रुपैयाँ रहेको छ ।

संम्बन्धित समचार

Leave a Comment