सुनसरी-३ मा गच्छदार चौधरीभन्दा चार हजार ६६० मतान्तरले पछाडि

मंसिर ११,सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका विजयकुमार गच्छदार नेकपा एमालेकी भगवती चौधरीभन्दा चार हजार ६६० मतान्तरले पछाडि छन्।

सुनसरी ३ का निर्वाचन अधिकृत उमाकान्त पौडेलले दिएको जानकारी अनुसार अहिलेसम्म यो क्षेत्रमा ५९ हजार ९८१ मतगणना सकिएको छ । जसअनुसार नेकपा एमालेकी उम्मेदवार चौधरीले २६ हजार ४५ मत प्राप्त गरेकी छिन् ।

यस्तै, कांग्रेसका गच्छदारले २१ हजार ३८५ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा कुल ९२ हजार ३ सय मत खसेको निर्वाचन अधिकृत पौडेलले जानकारी दिए ।

संम्बन्धित समचार

Leave a Reply