प्रिमियर लिगमा ब्राइटनसँग लिभरपुल ३–० पराजित

माघ १, काठमाण्डौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले फराकिलो हार बेहोरेको छ । गएराति सम्पन्न खेलमा लिभरपुलले ब्राइटनसँग ३–० को हार बेहोरेको हो । ब्राइटनको जितमा सोली मार्चले दुई र ड्यानी वेल्बेकले एक गोल गरे । खेलको ४६ औं मिनेटमा मार्चले गोल गर्दै ब्राइटनलाई सुरुआती अग्रता दिलाएका थिए ।

५३ औं मिनेटमा मार्चले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राइटनलाई दोब्बरको अग्रता दिलाए । खेलको ८१ औं मिनेटमा वेल्बेकले गोल गर्दै ब्राइटनलाई ३–० को शानदार जित दिलाए । योसँगै सातौं स्थानमा रहेको ब्राइटनले १८ खेलमा ३० अंक जोडेको छ । लिभरपुल १८ खेलमा २८ अंकका साथ आठौं स्थानमा रहेको छ ।

संम्बन्धित समचार

Leave a Reply