नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचन चैत्रमा हुँदै

फागुन १६, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचन चैत्रमा हुदैछ । त्यसैको तयारी स्वरुप महासंघका नेताहरू देश दौडाहामा निस्किएका छन् । देश दौडाहाकै क्रममा केन्द्रिय सदस्य तथा कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गी पुर्वी पहाडी जिल्ला भ्रमणमा व्यस्त छन् । सुमार्गी सिन्धुली,उदयपुर,ओखलढुंगा,खोटाङ,संखुवासभा,पाँचथर हुँदै ताप्लेजुङ उद्योग बाणिज्य संघ पुगेका छन् । आगामी अधिवेशनमा जिल्ला नगरतर्फ केन्द्रिय उपाध्यक्षको लागि उम्मेदवारी दिने घोषणा गरेर सुमार्गी देशभरका जिल्ला तथा नगर उद्योग बाणिज्य संघको भ्रमणमा छन् ।

सुमार्गीको जिल्ला भ्रमणमा जिल्ला नगरको भ्रमण आगामी निर्वाचनमा केन्द्रिय सदस्यको उम्मेदवारी दिन लागेका मकवानपुर उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष कृष्ण कटुवालसहितको टोली रहेको छ । सुमार्गीले महासंघमा आगामी नेतृत्व उद्योगी तथा व्यवसायीको मर्म बुझ्न सक्ने, जिल्लाको समस्या बुझ्न सक्ने नेतृत्व आउनुपर्ने बताए ।

प्राय जिल्लामा उनले जिल्लाका पदाधिकारी तथा सदस्यहरुसंग अन्तरंग कुराकानी गरेका थिए । सो क्रममा जिल्लामा उद्योगी तथा व्यवसायीले पछिल्लो समय बैँकको ब्याज बृद्धि, स्थानीय तह तथा प्रदेशमा संघको पोर्टफोलियो, जिल्लाको आर्थिक स्थिती बलियो बनाउने सवालमा जिज्ञासा राखेका थिए । जवाफमा सुमार्गीले आफु विगत एक दशक लामो समयदेखि केन्दमा जिल्लाकै आवाजको प्रतिनिधित्व गरिरहेको र पछिल्लो समय बैँकको ब्याजदरको समस्यालाई समाधान गर्न उच्चतहमा छलफल गरिरहेको समेत बताए ।

उदयपुरमा सुमार्गीसहितचको टोलीले उदयपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा कटारी नगरपालिका १४ का अध्यक्ष पुष्कर खड्का , वा संघका निवर्तमान अध्यक्ष तथा कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठ संग छलफल भएको थियो ।

संम्बन्धित समचार

Leave a Comment