नुवाकोट सूर्यगढीको कोम्राङपाखामा बल्ल पुग्यो बिजुली, स्थानीय खुसी

जेठ ६, नुवाकोट । नुवाकोटको सूर्यगढी गाँउपालिका–१ को कोम्राङपाखासहितको आसपासमा विद्युत् सेवा पुगेको छ ।

जिल्लाको दुर्गम क्षेत्र र माथिल्लो भूभाग भएकाले भौगोलिक कठिनाइको कारण विद्युत् प्रसारण प्रणाली पुग्न नसकेको उक्त गाउँमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नुवाकोटले ग्रामीण विद्युतीकरण कार्यक्रममार्फत केन्द्रीय प्रसारण प्रणाली पुर्‍याएको हो ।

विद्युत् सेवाको विस्तार भएसँगै यहाँका नागरिकले टुकी बत्तीको सट्टा बिजुली बाल्न पाउने भएपछि गाँउमा खुसी छाएको छ । समुद्री सतहदेखि दुई हजार दुईसय मिटर उचाइमा अवस्थित यस ९कोम्राङपाखा० बस्ती गोसाइँकुण्ड पदमार्ग, निकुञ्ज र हिमशृङ्खलाको मनोरम दृष्यावलोकनको लागि पर्यटकीय क्षेत्रको रुपमा प्रसिद्ध यस ठाँउमा विद्युतको उपभोगले स्थानीयवासीको आर्थिक जनजीवनमा उल्लेख्य सुधार हुने विश्वास लिएको छ ।

संम्बन्धित समचार

Leave a Comment