जागिर खाने हो ? मानुषी लघुवित्तको विभिन्न पदमा रोजगारको अवसर, कहाँ दिने आवेदन ?

चैत्र १५, काठमाडौँ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले ११ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । कम्पनीले वरिष्ठ सहायक शाखा प्रमुखमा दुई जना र कनिष्ठ सहायक पदमा ९ जना कर्मचारी माग गरेको हो ।

कनिष्ठ सहायकका लागि एलएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरी लघुवित्त संस्थामा कम्तिमा एक वर्षको कार्य गरेको हुनुपर्ने छ । यसमा प्रविणता प्रमाणपत्र वा प्लस टू गरेकालाई प्राथमिकता दिइने जनाएको छ ।

ग्रामिण क्षेत्रको फिल्डमा गई कार्य गर्न इच्छुकले यसमा आवेदन दिनसक्नेछन् । उमेरको हकमा भने १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । महिलाका लागि भने माथिल्लो उमेरहदमा पाँच वर्ष थप हुनेछ ।

योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय तथा शाखा कार्यालय वा कम्पनीको इमेल [email protected]  मार्फत १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

संम्बन्धित समचार

Leave a Reply