आज सेयर बजारमा सुधार, कारोबार रकम कति ?

चैत्र १५, काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको छ । बिहीबार बजार ४.७८ अंकले बढेर २०३५ को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको आज ३१३ कम्पनीको ६६ लाख १४ हजार ४४५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६५ करोड ३३ लाख ४९ हजार रुपैयाँको कारोबार भएको छ । बजारमा सुधार आउँदा ८ वटा उपसूचकमा हरियाली छाएको छ ।

आज सबैभन्दा बढी सर्वोत्तम सिमेन्टको सेयर सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको १९ करोड २४ लाख २० हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको गुर्खाज फाइनान्सको १५ करोड ९५ लाख ५८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै उक्त दिन शिभम् सिमेन्टको १५ करोड ३२ लाख ३७ हजार रुपैयाँ, सोनापुर मिनरल्सको ११ करोड १७ लाख ८९ हजार रुपैयाँ र पिपुल्स पावर लिमटिेडको ६ करोड ६५ लाख ७१ हजार रुपैयाँको कारोबार भएको हो ।

संम्बन्धित समचार

Leave a Reply