काउली र कुरीलोको भाउ घट्दा महँगियो गोलभेडादेखि हरियो सागसम्म, हेर्नुस् मूल्यसूची

चैत्र १६, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज शुक्रबार काउली, कुरीलोलगायतका तरकारीको भाउ घट्दा गोलभेडादेखि हरियो सागसम्मको मूल्य बढेको छ ।

यसअघि प्रतिकेजी ७५ रुपैयाँ पर्ने टनेल गोलभेडाको भाउ बढेर आज ८५ रुपैयाँ पुगेको छ भने ५५ रुपैयाँ पर्ने सानो गोलभेडा ९तराई० को मूल्य ६५ रुपैयाँ तोकिएको छ । यता, हरियो सागको मूल्यसमेत बढेको छ ।

यसैगरी, यसअघि प्रतिकेजी ४६ रुपैयाँ ६७ पैसा पर्ने रायोको सागको मूल्य बढेर आज ६६ रुपैयाँ ६७ पैसा पुगेको छ भने ८६ रुपैयाँ ६७ पैसा तोकिएको पालूगो, चमसूर, सौफ र मेथीको साग प्रतिकेजी ११६ रुपैयाँ ६७ पैसा पुगेको छ ।

यता, काउली, कुरीलो लगायतको केही तरकारीको भाउ भने घटेको छ । यसअघि प्रतिकेजी ५५० रुपैयाँ पर्ने कुरीलोको भाउ १०० रुपैयाँले घटेर ४५० रुपैयाँमा झरेको छ ।

यसैगरी, २० रुपैयाँ पर्ने स्थानीय काउलीको भाउ घटेर आज १६ रुपैयाँमा झरेको छ भने ३५ रुपैयाँ तोकिएको ज्यापु काउलीको भाउ ३० रुपैयाँ कायम भएको छ ।

संम्बन्धित समचार

Leave a Reply