सुनको मूल्यमा नयाँ रेकर्ड, दुई हजार एक सय रुपैयाँले बढ्दा तोलाको कति पुग्यो ?

चैत्र १६, काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला दुई हजार एक सय रुपैयाँले वृद्धि भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज झनै वृद्धि भएको हो ।

प्रतितोला एक लाख २७ हजार नौ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आजका लागि एक लाख ३० हजार रुपैयाँ निर्धारण गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख २७ हजार तीन सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज एक लाख २९ हजार चार सय रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तै चाँदीको मूल्य समेत वृद्धि भएको छ । बिहीबार प्रतितोला एक हजार पाँच सय १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार पाँच सय २५ रुपैयाँ पुगेको छ ।

संम्बन्धित समचार

Leave a Reply