अर्थमन्त्री पुनद्वारा बजेट लेखन मस्यौदा समिति गठन, भोलिदेखि नै काम सुरु हुने

चैत्र १६, काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले बजेट लेखन मस्यौदा समिति गठन गरेका छन् । मन्त्री पुनले आर्थिक वर्ष २०८१–८२ को बजेट वक्तव्य तयार गर्न समिति गठनको निर्णय गरेका हुन् ।

सहसचिव धनीराम शर्माको संयोजकत्वमा गठित समितिमा सहसचिवहरु रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य रहेका छन् ।

शर्मा, शाक्य, आचार्यद्वय र अर्याल अर्थ मन्त्रालयमा कार्यरत छन् भने शर्मा आन्तरिक राजस्व कार्यालयमा उपमहानिर्देशक छन् । समिति संयोजक शर्माले शनिबार नै बैठक बसेर समितिले काम थाल्ने जानकारी दिए । विषयगत मन्त्रालयहरुसँग समन्वय गरेर तत्काल बजेट लेखनको काम थालिने शर्माको भनाइ थियो ।

संम्बन्धित समचार

Leave a Reply