अनेरास्ववियू नेता पराजुली भन्छन् : भारतले नक्सा नसच्याए कडा प्रतिवादमा उत्रन्छौं

अनलाइन केन्द्र सम्वाददाता/ कात्तिक २०, काठमाडौं । भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूमि समावेश गरिएकोप्रति सर्वत्र आलोचना भएको छ ।

विभिन्न राजनैतिक दल तथा दल निकट संगठन लगायत अन्य विभिन्न स्वतन्त्र संगठनहरूले भारत सरकारको उक्त कदमप्रति आपत्ती जनाएका छन् ।

बुधवार भारत सरकारको सो कदमको विरोधमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूले काठमाडौं केन्द्रित आन्दोलन गरेको छ ।

विद्यार्थी नेता तथा कार्यकर्ताहरूले आन्दोलन गरेका थिए । आन्दोलनमा ‘गो ब्याक इण्डिया’, ‘लिम्पिर्वत्रयाधुरा, लिपुलेक र कालापानी हाम्रो हो’ लगायतका लगायतका नारा लगाएका थिए ।

आन्दोलनपछि अनलाइन केन्द्रसँगको विस्तृत कुराकानीमा अनेरास्ववियुका पूर्व सचिव तथा एकतापछि बनेको अनेरास्ववियूका नेता सुदेश पराजुलीले नेपाली भूमिमाथि भारतले पटक पटक गिद्धे नजर लगाएको भन्दै रोष प्रकट गरे ।

देशको सीमा रक्षाका लागि अनेरास्ववियू जस्तो सुकै कदम चाल्न पनि तयार छौं

उनले पटकपटक खबरदारी गर्दा पनि भारतले लापरबाही गरे कडा प्रतिवादमा उत्रन नेपाली युवाहरू तयार रहेको बताए ।

नेता पराजुलीले नेपाली युवाहरूले देशको सीमा रक्षाका लागि अनेरास्ववियू जस्तो सुकै कदम चाल्न पनि तयार हुने स्पष्ट पारे । उनले भने, हामी सधैं देशकमो हितमा छौं, भारत आफू नसच्चिए ज्यादती सहेर बस्दैनौं ।

नेता पराजुलीले भारतले अतिक्रमण गरेका नेपालका सबै भूमि फिर्ता गर्न तत्काल कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराए ।

उनले सरकारले भारत सरकारको सो निर्णयको विरुद्धमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेकोमा खुशी व्यक्त गर्दै अब नक्सा सच्चाउन कूटनीतिक पहल गर्न तत्काल कदम चाल्न सरकारसँग आग्रह गरे ।

यो पनि पढ्नुहोस्

परराष्ट्र मन्त्रालयले भन्यो: एकपक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य हुँदैन

भारतीय नक्सामा नेपाली भूमि समावेश गरिएकोमा आपत्ति जनाउँदै काठमाडौँमा विरोध प्रर्दशन

“भारतीय नक्सामा नेपाली भू-भाग समेटिएको हो भने सरकारलाई स्वीकार्य हुँदैन”: डा. राजन भट्टराई

 

 

 

संम्बन्धित समचार

Leave a Reply