बजेटको मध्यावधि समीक्षा : लक्ष्यअनुसार खर्च नहुने, राजस्व पनि नउठ्ने

माघ २९, काठमाण्डौ । सरकारले चालु आर्थिक वर्षको बजेट र राजस्व दुबैको आकार घटाएको छ । बुधबार अर्थ मन्त्रालयले बजेटको मध्यावधि समीक्षा गर्दै बजेटको आकार करीब १० प्रतिशत घटाएको हो । यो वर्ष रु। १५ खर्ब ३२ अर्ब ९६ करोड खर्च गर्ने योजनासहित सरकारले बजेट ल्याएको थियो । तर, मध्यावधि समीक्षामार्फत यसलाई घटाएर रु।१३ खर्ब ८५ अर्ब मात्र खर्च हुने अनुमान अर्थमन्त्रीले गरेका छन् ।

बजेटको आकार नै घटाउनुले सरकारको खर्च गर्ने क्षमता कमजोर रहेको देखाएको छ । विकास निर्माण लक्षित पुँजीगत रकमतर्फ यो वर्ष सरकारले रु। ४ खर्ब ८ अर्ब बजेट खर्च गर्ने संसदसामु प्रतिवद्धता जनाएपनि त्यसलाई संशोधन गरेर रु। ३ खर्ब २७ अर्ब मात्र खर्च गर्न सक्ने जनाएको हो ।

पुस मसान्तसम्ममा पुँजीगत रकम खर्च कुल विनियोजनको १५।३८ प्रतिशत मात्रै छ । यसले विकासका परियोजनालाई गति दिन सरकार चुकेको संकेत गर्छ । अर्थ मन्त्रालयले राजस्व संकलन गर्न समेत अपेक्षित सफलता नपाउने देखिएको छ । यो वर्ष रु। ९ खर्ब ८१ अर्ब राजस्व संकलनको लक्ष्य राखिएकामा रु। ९ खर्ब ३७ अर्ब मात्रै संकलन हुने संशोधित लक्ष्य राखिएको छ ।

संम्बन्धित समचार

Leave a Comment