१४औं महाधिवेशनको रस्साकस्सी : गगन र विश्वप्रकाशमा बेचैनी

फाल्गुण १०, काठमाडौं । नेपाली काँग्रेसमा १४ औँ महाधिवेशनको तिथि मिति सार्वजनिक भएसँगै पदाधिकारीका आकांक्षीमा बेचैनी देखिएको छ । काँग्रेसले आगामी वर्षको फागुन ७ देखि १० गतेसम्म १४ औँ महाधिवेशन गर्नेगरी कार्यतालिका सार्वजनिक गरेको छ ।

मुख्यत सभापति, उपसभापति र महामन्त्रीका आकांक्षीहरुमा बचैनी देखिएको पाइन्छ । सभापतिका लागि वर्तमान सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशांक कोइराला र नेता कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र डा शेखर कोइराला आन्तरिक रणनीतिमा देखिन्छन् ।

जिल्ला दौडाहा र कार्यकर्ता भेटघाटमा निधि बाहेकका नेताहरुले आफूलाई सभापतिको प्रत्यासीका रुपमा प्रस्तुत गर्दै आएका छन् । यद्यपि, सभापतिको लाइनबाट रिङआउट भएपछि माथि उल्लेखित दोस्रो तहका नेताहरुलाई उपसभापतिको प्रतिस्पार्धीका रुपमा अनुमान लगाउन गाह्रो छैन ।

काँग्रेसको नयाँ विधान अनुसार कोषाध्यक्ष बाहेक १३ जना पदाधिकारी निर्वाचित हुने प्रावधान छ । जसमा दुई उपसभापति र दुई महामन्त्री निर्वाचित हुनुपर्ने व्यवस्थाले काँग्रेस नेताहरुमा यतिबेला नै बेचैन थपिदिएको छ । यसअघि एक जना उपसभापति, एक महामन्त्री मनोनित र एक महामन्त्री निर्वाचित हुने व्यवस्था थियो । उपसभातिमा नेताहरुको त्यति आकर्षण देखिँदैन । तीन सहमहामन्त्रीमा पनि आकर्षण देखिएको छैन ।

तर सभापतिपछिको शक्तिशाली मानिने महामन्त्री पदका लागि आकांक्षीको लर्को सभापति पदकै जस्तो लामै छ । संस्थापन पक्षमा महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा, नेताहरु बालकृष्ण खाँड, ज्ञानेन्द्र बहादुर कार्की, एनपी साउदलगायत महामन्त्रीका प्रमुख दाबेदरका देखिन्छन् ।
महामन्त्रीका लागि संस्थापन इतरमा डा। रामशरण महत, मिनेन्द्र रिजाल, गगन थापा र चन्द्र भण्डारीलगायतको बलियो दाबी छ ।

तर काँग्रेस वृत्तमा विश्वप्रकाश शर्मा र गगन थापाको चर्चा जबरजस्त ढंगले उठेको छ । तर, महामन्त्री बन्न शर्मा र थापालाई सजिलो छैन । संस्थापन पक्षमा खड्का, महत, शर्मा, खाँड, कार्की र साउदमध्येबाट महामन्त्री प्रत्यासी उतार्नुपर्ने बाध्यता देखिन्छ । यस्तै बाध्यता संस्थान इतरपक्षमा पनि छ ।

थापालाई चुनौती
थापालाई महामन्त्रीमा आउन सिटौलाले ‘त्याग’ गर्नुपर्ने देखिन्छ । एक्लै महाधिवेशन फेस गर्ने अवस्थामा सिटौला समूह छैन । कुनै समूहसँग मिल्दा सिटौला र थापा मध्ये एकले ‘कम्प्रमाज’ गर्नुपर्ने देखिन्छ ।

त्यसैपनि यतिबेला थापामा चैन छैैन । उनी सिटौला समूह छोडेर पौडल समूहतर्फ आफ्नो स्पेसको खोजीमा छन् । सिटौला समूहमा थापाको भूमिका किनारको साक्षीका जस्तो मात्र देखिन्छ । पार्टीको आन्तरिक गतिविधिमा उनको उपस्थिति शुन्य बराबर नै छ । सिटौला समूहमा प्रदीप पौडेले भूमिका पढाउँदै गएका छन् । पार्टीका विभिन्न समिति–उपससमितिमा सिटौलाको पहिलो रोजाइ पौडेल बन्न पुगेका छन् ।

यो ४ वर्षमा थापाले सिटौला समूहबाट पाएको भनेको स्वास्थ्यमन्त्री मात्र हो । पार्टी राजनीतिमा सिटौलामा देखिएको पौडेल मोहले थापालाई केही झस्काएको बताइन्छ ।
सिटौलाले आफ्नो लागि ‘कम्प्रमाइज’ गर्न नसक्ने चाल पाएका थापामा यतिबेला छट्पट्टी सुरु भएको छ । ५५ वर्षमा सक्रिय राजनीतिबाट बाहिरिने उद्घोष गरेका ४३ वर्षीय थापालाई पार्टी नेतृत्वमा पुग्न यो पटक जसरी पनि महामन्त्री बन्नुपर्ने छ । -रातोपाटी

संम्बन्धित समचार

Leave a Comment