आजबाट हेटौंडामा कोरोना परिक्षण हुन्छ : मुख्यमन्त्री पौडेल

चैत्र २०, हेटौँडा । बिश्वमा माहामारीको अबस्था लिएको कोरोना भाइरस कोभिड १९ को परिक्षण अब हेटौँडामा पनि हुने भएको छ । चिनबाट ल्याईएको स्वास्थ्य सामाग्रीहरु सातै प्रदेशमा पुगेसँगै बागमती प्रदेशको राजधानी हेटौँडामा पनि कोभिड १९ को परिक्षण हुने भएको हो ।बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सामाजिक सञ्जालमा एक स्टाटस राख्दै आजबाट परिक्षण हुने जानकारी दिए ।

उनले लेखेका छन्- ‘संसार कोरोनाको कहरले भयवित भइरहेको बेला नेपाल सरकारले चालेको दुरदर्शी तथा सबैभन्दा प्रभावकारी कदमका कारण देशमा कोरोना भित्रिएर पनि फैलनबाट भने हामी जोगिएका छौं । हामीलाई विश्वास छ देशमा भएका सबै कोरोनाका संक्रमितहरु केहीदिन भित्र स्वास्थ्य लाभ गरी फर्कनेछन् र फेरी एक पटक हामी कोरोना भाइरसलाई नेपाली माटोबाट विदाई गर्ने छौं । विदेशबाटै कोरोना संक्रमित भएर आएका बाहेक स्वदेशमा कसैलाई पनि संक्रमण फैलन नदिनुलाई कसैको कृपासंग जोडेर हेर्नु भनेको नेपाली स्थ्यकर्मीहरु, सुरक्षाकर्मी तथा कोरोना नियन्त्रणमा अहोरात्र खटिएका सरकारका विभिन्न निकायका व्यक्तित्वहरुको योगदानको अवमुल्यन गर्नु हो । यति भनिरहदा कुनैपनि बेला कोरोना फैलनसक्ने सम्भावना जिवित नै छ । छिमेकी देश भारतमा नेपालको सिमासम्म कोरोना फैलिसकेको अवस्थामा हामी सचेत र सावधान हुनु आवश्यक छ । प्रदेश सरकारले प्रदेशमा कोरोना संक्रमण फैलन नै नदिनेगरी तयारी गरेको छ र यदि फैलिहाले त्यसलाई नियन्त्रणमा लिन सम्पूर्ण तयारी सकिएको जानकारी गराए । प्रदेश सरकारकै पहलमा आजबाट प्रदेश राजधानी हेटौंडाबाटै कोरोनाको परीक्षण गरिने समेत जानकारी गराउँदछु । हेटौंडामा रहेको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको ल्यावबाट आज बिहान १० बजेदेखि संकलित नमूनामा कोरोना संक्रमण भए नभएको को परीक्षण गरिने तयारी सकिएको छ । यस ल्याबबाट प्रत्येक दिन ७५ वटा सम्म नमूनाहरु परीक्षण गर्न सकिन्छ , ल्यावका आवश्यक सबै सामग्रीहरु र जनशक्ति हेटौंडा आइपुगी सकेको छ भने मेसिन जडान गर्ने कार्य सकिएको छ ।”

उनले संसार कोरोनाको कहरले भयवित भइरहेको बेला नेपाल सरकारले चालेको दुरदर्शी तथा सबैभन्दा प्रभावकारी कदमका कारण देशमा कोरोना आएर पनि नफैलिएको भन्दै सरकारप्रति कृतज्ञता प्रकट गरेका छन् ।

संम्बन्धित समचार

Leave a Reply