कोरोनाको संकट : २१औं शताब्दीकै ठूलो संकट रहेको दावि

चैत्र २८, काठमाण्डौ । कोभिड –१९ रोकथाम तथा नियन्त्रणमा नेपाल सरकारले हालसम्म चालेका संस्थागत र कार्यक्रमिक कदमहरु तथा नेपालले आगामी दिनमा चाल्नुपर्ने रणनीतिक कदमहरु बारे आज भिडियो कन्फरेन्स मार्फत छलफल भएको छ ।

छलफलमा बहुपक्षीय विकास बैंकहरु, अन्तराष्ट्रिय मुद्रा कोष, अन्तराष्ट्रिय वित्त निगम लगायत संयुक्त राष्ट्र संघका उच्च पदस्थ पदाधिकारीबीच कोरोना भाईरसले नेपालको अर्थतन्त्र तथा जनजीवनमा पारेको प्रभाव र नेपाल सरकारले गरेको प्रयास सम्बन्धी छलफल भएको हो ।

अर्थ एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री डा। युवराज खतिवडाको उपस्थितिमा भएको भिडियो कन्फरेन्समा विश्वभर फैलिएको कोरोना भाईरसले नेपालको अर्थतन्त्र, स्वास्थ्य क्षेत्र र जनजीवनमा पारेको एवं पार्न सक्ने प्रभाव, कोभिड –१९ रोकथाम तथा नियन्त्रणमा नेपाल सरकारले हालसम्म चालेका संस्थागत र कार्यक्रमिक कदमहरु तथा नेपालले आगामी दिनमा चाल्नुपर्ने रणनीतिक कदमहरु बारे कुराकानी भयो ।

छलफलमा बोल्दै अर्थमन्त्री डा। खतिवडाले कोरोना संकट एक्काईशौ शताब्दीको सबैभन्दा ठूलो मानवीय र आर्थिक संकट रहेको बताए । ‘विगतका संकट या त मानवीय थिए या आर्थिक थिए र ती अघिपछि भएर आएका थिए तर अहिले मानवीय र आर्थिक संकट सँगसँगै आएको छ ।’ उनले भने । पहिलेका संकटहरु भन्दा अहिलेको संकटको दायरा फराकिलो र असर पनि सर्वथा उच्च रहेकोले यसबाट उम्कन र विकासको पुनर्उत्थान गर्न पनि अभूतपूर्व सामाजिक र आर्थिक उपायहरु अपनाउनुपर्ने बताएका छन् ।

संम्बन्धित समचार

Leave a Comment