शेयर बजार ओरालो लाग्ने क्रम जारी

भाद्र २२,काठमाडौँ । शेयर बजार परिसूचक नेप्से सोमबार पनि घटेको छ । नेप्से सोमबार १२ दशमलव १७ अङ्कले घटेर १४ सय ८७ दशमलव ८१ अङ्कमा झरेको छ । सोमबार व्यापार, फाइनान्स, माइक्रो फाइनान्स बाहेक अरु सबैजसो समूहको शेयर ओरालो लागेको छ । जीवन बीमा समूहको ९२, निर्जीवन बीमा समूहको ४६, उत्पादन र बैंकको १७ अङ्कले र विकास बैंक समूहको शेयर १५ अङ्कले घटेको छ ।

सोमबार दुई अर्ब १६ करोड ४९ लाख रुपैयाँ बराबरका ५५ लाख ९५ हजार कित्ता शेयर किनबेच भए । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको दुई करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टका शेयरधनीले झण्डै १० प्रतिशत गुमाएका छन् । समग्र नेप्से घटे पनि उन्नति सहकार्य लघुवित्त र युनिभर्सल पावर कम्पनीका लगानीकर्ताले झण्डै १० प्रतिशत नै कमाएका छन् ।

संम्बन्धित समचार

Leave a Reply