काठमाडौं उपत्यकामा थप ५१२ जनामा कोरोना सङ्क्रमण

भाद्र २९,काठमाडौं । काठमाडौं उपत्यकामा आज ५१२ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफिङमा जनाइएअनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ४४० जनामा, ललितपुरमा २९ जनामा र भक्तपुरमा ४३ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।

योसँगै काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमितको संख्या १२ हजार २४८ पुगेको छ । देशैभर भने पछिल्लो २४ घण्टामा एक हजार १७० जना कोरोना सङ्क्रमित थपिएका छन् ।

संम्बन्धित समचार

Leave a Reply