माउण्टेन इनर्जी नेपालको आइपीओ बाँडफाँटमा ढिलाई हुने, किन ?

मंसिर १०, काठमाण्डौ । माउण्टेन इनर्जी नेपालको आइपीओ बाँडफाँटमा ढिलाई हुने भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार मेरो सेयरमा आएको समस्याका कारण आइपीओ बाँडफाँट ढिलो हुने भएको हो । यसअघि यही हप्ताभित्र बाँडफाँट गर्ने तयारी गरिएको थियो। तर मेरो सेयरमा आएको समस्याले समयमै आवेदन भेरीफाई हुन नसक्दा बाँडफाँटमा पनि ढिलाई भएको बिक्री प्रबन्धकले जनाएको छ ।

यद्दपी, कुन दिन बाँडफाँट गर्ने भनेर अन्तिम निर्णय भने भइसकेको छैन । तर, प्रि–अलोटमेन्ट भने यही हप्ताभित्र गर्ने तयारी गरेको बिक्री प्रबन्धकले जनाएको छ । प्रि–अलोटमेन्ट गरेको ३ दिन भित्र आइपीओ बाँडफाँट गर्ने प्रावधान अनुसार नै बाँडफाँट गर्ने तयारी भइरहेको नबिल इन्भेष्टमेन्ट बैंकिङले जनाएको छ ।

माउण्टेनको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउन भने भाग्यमै पर पर्नुपर्नेछ । गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ । यो आइपीओमा कुल १ अर्ब ३९ करोड ४४ लाख ४१ हजार रुपैयाँ बरारको आवेदन परेको हो । जसमा ६ लाख ७४ हजार जनाले १ करोड ३९ लाख ४४ हजार ४१० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको १८ लाख ३० हजार २६५ कित्तालाई आधार मान्दा ७।६१ गुणा बढी आवेदन हो ।

अहिलेको तथ्यांक अनुसार ९भेरिफाईमा वैध भएका आवेदक केही परिवर्तन हुन सक्ने० माउण्टेनको आइपीओमा १ लाख ८३ हजार २६ जना आवेदकले मात्र १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । १ लाख ८३ हजार जनालाई १० कित्ताका दरले सेयर वितरण गर्दा सर्वसाधाणको लागि बिक्री खुला गरिएको १८ लाख ३० हजार २६५ कित्ता सेयर समाप्त हुनेछ । यसआधारमा अहिलेको मोटामोटी तथ्यांक अनुसार ४ लाख ९० हजार ९७३ जनाको हात खाली हुनेछ ।

संम्बन्धित समचार

Leave a Comment