अर्थतन्त्रमा सुधार आउँदै

माघ १, काठमाडौ । कोरोना भाइरस कोभिड–१९ सङ्क्रमणका कारण प्रभावित अर्थतन्त्रमा बिस्तारै सुधारको सङ्केत देखिन थालेको छ । अर्थतन्त्र चलायमान बनाउने औद्योगिक कच्चा पदार्थ, इन्धन, पुँजीगत वस्तुलगायतको आयात बढ्दै जाँदा सुधारोन्मुख अवस्था बन्दै गएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।

केन्द्रीय बैङ्कले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७६÷७७ को पाँच महिनासम्मको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार औद्योगिक उत्पादनमा पछिल्लो समय भएको वृद्धि र उद्योग सञ्चालनमा आएको सुधारले आर्थिक क्रियाकलापले गति लिन थालेको देखिएको उल्लेख छ । बैङ्कले नै अर्थतन्त्रमा परेको प्रभाव सम्बन्धमा गरेको सर्वेक्षणले गत जेठ÷असारमा चार दशमलव एक मात्र उद्योग व्यवसाय पूर्ण सञ्चालनमा रहेकोमा कात्तिक÷मङ्सिरमा ५४ प्रतिशत पुगेको देखाएको थियो । त्यस्तै जेठ÷असारमा २९ प्रतिशत मात्र उत्पादन तथा कारोबार भएकोमा कात्तिक÷मङ्सिरमा ५० प्रतिशत पुगेको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।

संम्बन्धित समचार

Leave a Reply