सुदूरपश्चिम प्रदेश सभा बैठक लगातार दोस्रो पटक स्थगित

फागुण २०, धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बुधबार बोलाइएको बैठक स्थगित भएको छ । प्रदेश सरकारको मन्त्रीका व्यस्तताका कारण प्रदेश सभा बैठक स्थगित गरिएको प्रदेश सभा सचिवालयका सचिव रामसिंह धामीले जानकारी दिए । बैठक दिउँसो १ बजे बोलाइएको थियो ।
योसँगै प्रदेश सभा बैठक लगातार दोस्रो पटक स्थगित भएको छ । यसअघि, गएको फागुन १७ गते पनि प्रदेश सभा बैठक स्थगित गरिएको थियो । अर्को बैठक बिहीबार दिउँसो १ बजे बोलाइएको प्रदेश सभा सचिवालयका प्रवक्ता सिद्धराज चटौतले जानकारी दिए । उनका अनुसार बिहीबारको बैठकमा विधेयकको प्रतिवेदन प्रस्तुत हुनेछ । यसैगरी, समसामयिक विषयमा छलफलका लागि शून्य समय पनि उपलब्ध गराइने प्रवक्ता चटौतले जानकारी दिए । गएको माघ २६ गतेदेखि सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन सुरु गरिएको थियो ।

 

 

संम्बन्धित समचार

Leave a Comment