भारतमा बढ्यो कोरोना, सिमानामा सतर्कता अपनाउन चिकित्सकको सुझाव

चैत्र ६, वीरगन्ज । खुला सीमा जोडिएको छिमेकी भारतका विभिन्न प्रान्तमा केही दिनदेखि फेरि कोरोना संक्रमण तिब्र रुपमा फैलिरहँदा वीरगन्ज र आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन आवश्यक भएको चिकित्सकहरुले सुझाव दिएका छन् ।

भारतको महाराष्ट्र, पन्जाब, केरला, राजस्थान लगायत राज्यहरुमा केही दिनदेखि कोरोनाको संक्रमण फेरि तिब्र रुपमा फैलिरहेको छ । भारतमा केही सातायता फेरि दैनिक १५ देखि २० हजारको हराहारीमा कोरोना संक्रमित थपिरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । त्यसैले भारतसँग खुला सीमा जोडिएका कारण वीरगन्ज सहितका नेपालका सीमावर्ती सहर र जिल्लाहरुमा सतर्कता अपनाउनु अत्यन्त जरुरी रहेको यहाँका चिकित्सकहरुको सुझाव छ ।

संम्बन्धित समचार

Leave a Reply