भारतमा ४ हजार ५२५ मृत्यु

जेठ ५, काठमाण्डौ । भारतमा कोभिड १९ बाट एकै दिन ४ हजार ५२५ जनाको मृत्यु भएको छ। यो एकै दिन मृत्यु भएका संक्रमितको संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमण हुनेको संख्या घटे पनि मृत्यु हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ५२५ जनाले ज्यान गुमाएका छन् । सोमबार ४ हजार ३४० जनाको मृत्यु भएको थियो। त्यस्तै, आइतबार ४ हजार ९२ जनाले ज्यान गुमाएका थिए । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ८३ हजार २७६ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा २ लाख ६७ हजार १७४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । यो सोमबारको भन्दा ४ हजारले कम हो ।

योसँगै भारतमा कोरोना संक्रमितको संख्या २ करोड ५४ लाख ९५ हजार १४४ पुगेको छ। सक्रिय संक्रमित पनि ३२ लाख ३२ हजार १६५ पुगेका छन् । पछिल्लो पटक दिल्ली र महाराष्ट्रमा संक्रमण नियन्त्रमा आउन थालेको छ ।

 

संम्बन्धित समचार

Leave a Comment