भारतमा कोरोना संक्रमण नियन्त्रणमा, सक्रिय सङ्क्रमित आठ लाखभन्दा कम !

असार ५, काठमाण्डौ । भारतमा गएको चौबीस घण्टामा कोरोनाभाइरसका ६२ हजार ४८० सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा १९ लाख २९ हजार ४७६ नमूनाको परीक्षण गरिएकोमा ६२ हजारमा सङ्क्रमणको पुष्टि भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमित दुई करोड ९७ लाख ६२ हजार ७९३ पुगेको छ । भारतमा हाल सात लाख ९८ हजार ६५६ जना सक्रिय सङ्क्रमित छन् । करिब ७३ दिनपछि सक्रिय सङ्क्रमित आठ लाखभन्दा कम भएको हो । गएको चौबीस घण्टामा प्रति एकसय जनाको परीक्षण गर्दा ३।२४ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार गएको चौबीस घण्टामा एक हजार ५८७ सङ्क्रमितको मृत्यु भएको छ । भारतमा हालसम्म कोरोना सङ्क्रमणबाट तीन लाख ८३ हजार ४९० जनाले ज्यान गुमाएका छन् ।
गएको चौबीस घण्टामा ८८ हजार ९७७ जना कोरोनामुक्त हुँदा कुल निको हुनेको संख्या दुई करोड ८५ लाख ८० हजार ६४७ पुगेको छ ।

संम्बन्धित समचार

Leave a Reply