एसईईमा ९३.६४ प्रतिशतको ग्रेडिङ !

साउन २४, भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले शनिबार एसईईको नतिजा सार्वजनिक गरेको छ । रजिस्ट्रेसन फारम भरेकामध्ये ९३.६४ प्रतिशत विद्यार्थीको ग्रेडिङ गरी परीक्षाफल प्रकाशन गरिएको हो। ४ लाख ८४ हजार २ सय ७८ जनाको परीक्षाफल प्रमाणीकरण गरिएको बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का उपनियन्त्रक चेतनाथ शर्माले बताए। रजिस्ट्रेसन फारम भरेकाको संख्या ५ लाख १७ हजार १ सय २२ थियो ।

कोरोना महामारीका कारण वैकल्पिक विधिबाट विद्यार्थीको मूल्यांकन गरिएको हो। शर्माले माध्यमिक शिक्षा परीक्षा कक्षा १० को विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७८ अनुसार परीक्षाफल सार्वजनिक गरिएको बताए । विद्यालयबाट गरिएको अन्तिम मूल्यांकनपछि जिल्लामा रहेको शिक्षा विकास तथा समन्वय एकाइबाट प्रमाणित भई आएको परीक्षाफललाई कार्यविधिअनुसार प्रमाणीकरण गरिएको शर्माले बताए ।

 

संम्बन्धित समचार

Leave a Reply