ताप्लेजुङमा एक युवती मृत फेला

असोज ९, ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका–७ मा एक युवतीको शव फेला परेको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान १८ वर्षीया पुष्पा तबेबुङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) बाल नरसिंह राणाले बताए ।

बिहीबार साँझ घरबाट हराएकी पुष्पाको शव नजिकै विषको बट्टा समेत फेला परेको डिएसपी राणाले जानकारी दिएका छन् ।

उनका अनुसार चट्टानमाथि मृतकको ज्याकेट भेटिएको र शव चट्टानमुनि फेला परेको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply