विवादास्पद कृषि कानून फिर्ता लिने भारतीय प्रधानमन्त्री मोदीको घोषणा

मंसिर ३, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कृषिसम्बन्धी विवादास्पद तीनैवटा कानून घोषणा गरेका छन् । प्रधानमन्त्री मोदीले देशवासीलाई सम्बोधन गर्दै ती कानूनहरु फिर्ता लिने घोषणा गरेका हुन् ।

कृषि कानून आफूहरुको हितविपरीत भएको भन्दै भारतीय किसानहरुले एक वर्षदेखि देशभर विरोध प्रदर्शन गर्दै आएका थिए । यो कानून फिर्ता लिने विषयमा भारत सरकार टसमस भएको थिएन । तर मोदीले उत्तर प्रदेश र पन्जाबमा विधानसभा चुनावभन्दा अगाडि तीनैवटा कानून फिर्ता लिने घोषणा गर्नुलाई अर्थपूर्ण मानिएको छ ।

देशवासीलाई सम्बोधन गर्दै मोदीले भने आफूहरुले किसानकै हितका लागि र असल नियतका साथ कृषि कानून ल्याए पनि केही किसानहरुलाई सम्झाउन नसकेको बताएका छन् ।

कृषि कानून फिर्ता लिने मोदीको घोषणाप्रति प्रतिक्रिया सार्वजनिक गर्दै किसान आन्दोलनका नेता राकेश टिकैतले आन्दोलन तत्काल फिर्ता नहुने बताएका छन् । उनले कृषि कानून रद्द गर्ने संसदीय प्रक्रिया पूरा नहुन्जेलसम्म जारी रहने उनले बताएका छन् ।

संम्बन्धित समचार

Leave a Reply