माओवादी महाधिवेशन: आजदेखि ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदनमा छलफल हुँदै

पुस १३, काठमाडौँ। नेकपा माओवादी केन्द्रको महाधिवेशनमा आजदेखि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु हुँदैछ । बन्द सत्रले प्रतिवेदनमाथि छलफल गर्न विभिन्न २५ वटा समूह बनाएको छ । काठमाण्डौको प्रज्ञा भवनमा हिजो अध्यक्ष प्रचण्डले वैचारिक तथा राजनीतिक दस्ताबेज प्रस्तुत गरेका थिय।

अध्यक्ष प्रचण्डले प्रस्तुत गरेका प्रतिवेदनमाथि छलफलका लागि गठन भएका समूहले विभिन्न २५ ठाउँमा बसेर छलफल गर्दैछन् ।

आज दिनभर समूहगत छलफलमा केन्द्रित हुनेछ । भोलि बिहान ११ बजेदेखि समूहका प्रमुखले समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको माओवादी केन्द्रले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply