काठमाडौंमा मात्रै ७६७ संक्रमित थपिए, ६ जनाको मृत्यु !

असोज ४, काठमाण्डौ । काठमाडौं उपत्यकाका तीन जिल्लामा पछिल्लो २४ घण्टामा ७६७ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा ६०२, भक्तपुरमा १०१ र ललितपुरमा ६४ जना संक्रमित थपिएका हुन् । आज देशभर थपिने संक्रमितको संख्या १३२५ रहेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुने १० जना संक्रमित मध्ये उपत्यकाका तीन जिल्लाका मात्रै ६ जना रहेका छन् । काठमाडौंमा ३ जना महिला र १ जना गरी ४ जना संक्रमितको मृत्यु भएको छ । ललितपुर र भक्तपुरमा एक–एक संक्रमित महिलाको मृत्यु भएको छ ।

पुरा पढ्नुहाेस्