एमाले अध्यक्ष केपी ओली पुगे चितवन

मंसिर ९, काठमाडौं । १०औं राष्ट्रिय महाधिवेशनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार चितवन पुगेका छन् । उनी महाधिवेशन उद्घाटनको अघिल्लो दिन बिहीबार विहान ११ बजे भरतपुर आउने कार्यक्रम रहेपनि उनी साढे १ बजे भरतपुर विमानस्थलमा आइपुगेका हुन् । भरतपुर पुगेपछि ओली एमाले निकटको नेपाल बुद्धिजिवी परिषद्ले गर्ने कार्यक्रममा सहभागी हुनेछन् । सौराहाको होटल अर्थलाइटमा १५० जना विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका विज्ञहरुका बीच समाजवादको आधार निर्माण विषयको बहस हुने नेपाल बुद्धिजीवि परिषद्का सचिवालय सदस्य ईश्वरीप्रसाद कडरियाले जानकारी दिए । उनका अनुसार कार्यक्रममा ४ वटा कार्यपत्र पेश हुनेछ…

पुरा पढ्नुहाेस्