एमाले केन्द्रीय कमिटी बैठक: २०८४ को चुनावमा पहिलो शक्ति बन्ने गरि भावी योजना ल्याउने

बैशाख २९,काठमाडौँ । नेकपा एमालेले २०८४ को चुनावमा पहिलो शक्ति बन्ने गरि भावी योजना तथा पार्टी परिचलानका कार्यक्रम ल्याउने भएको छ । शुक्रबार जारी केन्द्रीय कमिटी बैठकबारे जानकारी दिँदै प्रचार विभाग उपप्रमुख विष्णु रिजालले ८ वटा समूहले दिने सुझावका आधारमा त्यस्ता कार्यक्रम सार्वजनिक गर्न लागेको जानकारी दिए । ‘केन्द्रीय कमिटी बैठकमा मिसन ग्रासरुट अभियान अन्तर्गत ८ समूहमा विभाजित गरेर भएको छलफलमा आआफ्ना प्रदेशका के कस्ता कार्ययोजना हुन सक्छन्, ती सुझावका आधारमा बार्षिक कार्ययोजना बन्नेछ’, रिजालको भनाइ छ । दोस्रो दिनको बैठकमा आगामी एक वर्षका कार्ययोजनाबारे महासचिव शंकर पोखरेलले मार्गदर्शन पेश…

पुरा पढ्नुहाेस्

एमाले केन्द्रीय कमिटी बैठक सुरु

कात्तिक १२, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा केहीबेर अघिबाट बैठक सुरु भएको हो । आजको बैठकमा वडा र पालिका अधिवेशनको रिपोटिङ हुनुका साथै आगामी मंसिरमा हुने राष्ट्रिय महाधिवेशनको मापदण्ड र कार्यतालिका अनुमोदन गर्ने एमालेले जनाएको छ । शुक्रबार बसको स्थायी कमिटी बैठकले राष्ट्रिय महाधिवेशनमा देशभरका १५ सय ३६ जना प्रतिनिधि सहभागी हुने निर्णय गरेको थियो । महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा हुनेछ ।

पुरा पढ्नुहाेस्

एमाले केन्द्रीय कमिटी बैठक सुरु, विधान संशोधनको प्रस्तावमाथि छलफल हुने

असोज ८, काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा सुरु भएको बैठकमा आसन्न विधान महाधिवेशनमा पेश गर्ने राजनीतिक र सांगठनिक प्रतिवेदन तथा विधान संशोधनको प्रस्तावमाथि छलफल हुनेछ । यद्यपि कतिपय नेताहरुले बैठक अघि मात्र दस्तावेजहरु पाएका छन् ।साथै स्थायी कमिटीमा भएको छलफलका आधारमा प्रस्तावहरुमा संशोधन नभएकाले आजको बैठकमा त्यसबारे जानकारी गराइने अध्यक्ष केपी शर्मा ओलीले जानकारी दिएका छन् ।

पुरा पढ्नुहाेस्

एमाले केन्द्रीय कमिटी बैठक भोलि बस्ने

असोज ७, काठमाडौ । नेकपा (एमाले)ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । केन्द्रीय कमिटी बैठक भोलि ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बोलाइएको हो । केन्द्रीय समिति बैठकबाट विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल गरी पारित गर्ने तयारी रहेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठक दुई दिनसम्म चल्ने कार्यालय सचिव तामाङले बताए ।

पुरा पढ्नुहाेस्

एमाले केन्द्रीय कमिटी बैठक आज बस्ने

साउन ५, काठमाण्डौ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । सोमबार च्यासलमा रहेको तुल्सीलाल स्मृति भवनमा सोमबार सुरु भएको केन्द्रीय कमिटी बैठक आज पनि बस्न लागेको हो । सोमबार बसेको बैठकले ३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका एमालेका २२ सांसदलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । अध्यक्ष केपी शर्मा ओलीले यो बैठकमा आफ्नो उद्घाटन मन्तव्य राखेका थिए । उनीहरुलाई २४ घन्टाको स्पष्टिकरण सोध्ने केन्द्रीय कमिटी बैठकले निर्णय गरेको थियो । तर, कोही पनि सांसदले यसबारे कुनै जवाफ दिएका छैनन् । एमालेमा वरिष्ठ नेता माधवकुमार नेपाल…

पुरा पढ्नुहाेस्