कांग्रेसको कोइराला पक्षद्वारा केन्द्रीय कार्यालयमै धर्ना

आश्विन १२,काठमाडौँ । चुनावको टिकट वितरणमा चरम गुटबन्दी गरेको भन्दै नेपाली कांग्रेसको शेयर कोइराला पक्षले पार्टी कार्यालमै धर्ना दिएको छ । शेखर कोइराला पक्षका नेता, कार्यकर्ताले आज बुधवार केन्द्रीय कार्यालय सानेपामा धर्ना सुरु गरेका हुन् । उनीहरूले समान अवसर र न्यायको निम्ति धर्ना कार्यक्रम लेखिएको ब्यानर पनि टाँगेका छन् । आउँदो मङ्सिर ४ गते हुने चुनावमा समानुपातिकतर्फको बन्दसूचीमा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो गुट र आफन्तको मात्रै नाम समावेश गरेको तथा प्रत्यक्षतर्फको टिकटमा पनि भेदभाव गरिरहेको भन्दै कोइराला पक्षले धर्ना दिएको हो । धर्नामा शेखर कोइराला, गगन थापा, धनराज…

पुरा पढ्नुहाेस्