कोरोना संक्रमित ७ दिन आइसोलेसनमा बसे पुनः परीक्षण गर्न नपर्ने

माघ ५, काठमाडौ । सरकारले कोरोना संक्रमित व्यक्ति ७ दिन आइसोलेसनमा बसेमा पुनः परीक्षण गर्न नपर्ने बताएको छ । तर त्यसका लागि लगातार तीन दिन लक्षण नदेखिएको हुनुपर्नेछ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले ७ दिनपछि संक्रमण सर्ने जोखिम न्यून भएका कारण पुनः परीक्षण गर्न नपर्ने बताए । ‘अन्य देशका अनुसन्धानले होम आइसोलेसन बसेको ७ दिनपछि परीक्षण गर्न नपर्ने देखाएको छ,’ डा. पौडेलले भने ,‘लक्षणविहीन भएको अवस्थामा ७ दिनपछि पुनः परीक्षण गर्न पर्दैन ।’ संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरूका लागि पाँच दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने छ ।…

पुरा पढ्नुहाेस्