काठमाडौंको सिभिल मलमा एक युवकले आफैंमाथि आगो लगाए, ट्रमा सेन्टरमा उपचार हुँदै

माघ ५, काठमाण्डौँ । काठमाडौंको सुन्धारास्थित सिभिल मलमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् । उनको तत्काल उद्धार गरी उपचारका लागि राट्रिय ट्रमा सेन्टरमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए । अन्दाजी ३0 वर्षीय विशाल लामिछानेले सिभिल मलको भुइँतलामा बिहीबार दिउँसो ११ः४0 मा आफ्नै जीउमा आगो लगाएको प्रहरीले जनाएको छ । आगो लगाउँदै गरेको अवस्थामा प्रहरीको टोलीले फेला पारी उनको उद्धार गरी राष्ट्रिय ट्रमा सेन्टर अस्पतालमा उपचार रहेको एसपी मैनालीले बताए। घटनाको कारण खुलेको छैन र यस विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ…

पुरा पढ्नुहाेस्