प्रतिनिधि सभा बैठक आज बस्दै, सम्भावित कार्यसूचिहरु के-के छन् ?

असार ३१, काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज आइतबार बस्दै छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा “केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०”लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि ज्ञान बहादुर शाही, प्रेम सुवाल, सोबिता गौतम र सुमना श्रेष्ठबाट प्राप्त विरोधको सूचनाहरुलाई निर्णयार्थ प्रस्तुत गरिने कायसूची रहेको संसद सचिवालयले जनाएको छ । यसैगरी, बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले “केही नेपाल ऐनसंशोधन गर्न बनेको विधेयक, २०८०” पेश गर्ने छन् । बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार…

पुरा पढ्नुहाेस्

प्रतिनिधि सभा बैठक आज बस्दै, प्रधानमन्त्रीले जवाफ दिने

जेठ १३, काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । सङ्घीय संसद् भवनमा आज दिउँसो ४ बजे बैठक बस्नेछ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा एमालेले अवरोध गरेपछि आजको लागि बैठक बोलाइएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची तय भएको छ । शुक्रबार एमालेका सांसदले बैठकको प्रारम्भमै आसनबाट उभिएर पशुपतिनाथ मन्दिरमा लगाइएको जलहरी सुन कि पित्तल भन्ने सरकारले स्पष्ट जवाफ नदिएसम्म सदन अघि बढ्न नदिने भन्दै बैठक अवरुद्ध गरेका थिए ।

पुरा पढ्नुहाेस्