प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक !

माघ २३, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिए पछि पहिलो पटक मन्त्रिपरिषद बैठक बस्दैछ । प्रधानमन्त्री पुष्पकमाल दाहाल प्रचण्डले सोमबार अपरान्ह चार बजेलाई मन्त्रिपरिषद बैठक बोलाएका हुन् । ‘नियमति बैठक हो, मन्त्रालयका विभिन्न एजेण्डाका विषयमा छलफल हुने छ,’ स्रोतले भन्यो। त्यस बाहेक सरुवा बढुवका विषयमा पनि निर्णय हुन सक्ने स्रोतले जनाएको छ । आइतबार रास्वपा सरकारबाट बाहिरिएपछिको परिस्थितिका विषयमा पनि छलफल हुने बताइएको छ।

पुरा पढ्नुहाेस्

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक,दिउँसो २ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने

जेठ १५, काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक दिउँसो २ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्नेगरि बोलाइएको छ । सरकारको आउँदो आर्थिक वर्षको बजेटबारे निर्णय मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो । बैठकले बजेटको आकारबारे अन्तिम निर्णय गर्नेछ । बैठकले संसद्‌मा बजेट प्रस्तुत गर्न अर्थमन्त्रीलाई स्वीकृति प्रदान गर्नेलगायत निर्णय गर्नेछ। सरकारले आइतबार नै आर्थिक वर्ष २०७९र८० को बजेट सार्वजनिक गर्दैछ ।

पुरा पढ्नुहाेस्

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

जेठ १७, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सोमबार बेलुका ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको हो । मन्त्रिपरिषद् बैठक नियमित भएको एक मन्त्रीले बताए । बैठकमा सरकारले हालै अध्यादेशमार्फत् ल्याएको बजेटका विषयमा समीक्षा हुन सक्ने ती मन्त्रीले बताए ।

पुरा पढ्नुहाेस्