फिल्म ‘कठपुतली’: तेस्रो हप्तामा पनि हलमा बलियो उपस्थिति कायम

माघ २,काठमाडौँ । दुई ठूला विदेशी फिल्म ‘पुष्पा’ को हिन्दी डब र ‘स्पाइडर म्यान स् नो वे होम’ को चुनौतीका बीच पुष १६ गतेबाट प्रदर्शनमा आएको नेपाली हरर फिल्म ‘कठपुतली’ ले तेस्रो हप्तामा पनि मल्टीप्लेक्स र सिंगल थिएटरहरुमा आफ्नो बलियो उपस्थिति कायम राखेको छ । अब्बल माउथ पब्लिसिटी र ओमिक्रोनको भयले विदेशी फिल्मको रिलिज रोकिँदा फिल्मले दर्शकको राम्रो साथ पाएको छ । नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले तेस्रो हप्तामा फिल्मलाई ९-१० शोज उपलब्ध गराएको छ । राजधानी र मोफसलका अन्य मल्टीप्लेक्सहरुमा पनि तेस्रो हप्तामा फिल्मको शो सुखद् छ ।…

पुरा पढ्नुहाेस्