बेनी–जोमसोम सडक भोलिदेखि दैनिक साढे छ घण्टा बन्द हुने

माघ २९,काठमाडौँ । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक सोमवार भोलिदेखि दैनिक साढे छ घण्टा बन्द हुने भएको छ । स्तरोन्नतिको कामलाई गति दिनका लागि बेनी–जोमसोम सडकको बेनी–गलेश्वर खण्डमा गाडी चल्ने र बन्द हुने समयतालिका बनाइएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले आउँदो फागुन १ देखि १५ गतेसम्म बिहान ६–८, दिउँसो ११ बजेर ३० मिनेटदेखि १ बजेर ३० मिनेटसम्म र राति ८ बजेर ३० मिनेटदेखि ११ बजेसम्म सडक स्तरोन्नतिका लागि यातायात आवतजावत बन्द गरिने जानकारी दिए । एम्बुलेन्सलगायत अत्यावश्यक गाडीलाई सहज…

पुरा पढ्नुहाेस्