‘मन्त्रीको कुर्सीमा बसिसकेपछि हट्नै नचाहने प्रवृत्ति छ’: अध्यक्ष नेपाल

असार १२,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केही मन्त्रीहरूले आफूलाई राजीनामा पत्र बुझाइसकेको बताएका छन् । आज आइतवार अखिल नेपाल महिला सङ्घ (समाजवादी) को केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केही मन्त्रीहरूले सरकारबाट फिर्ता हुनका लागि आफूलाई राजीनामा पत्र बुझाइसकेको बताएका हुन्। मन्त्रिपरिषद् पुनर्गठनका लागि पार्टीले पठाएको पत्र पर्याप्त रहेको भन्दै त्यसकै आधारमा सरकारले तुरुन्त मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘मानिसहरूमा मन्त्रीको कुर्सीमा बसिसकेपछि हट्नै नचाहने प्रवृत्ति छ । इमानदार कार्यकर्ताले पार्टीको निर्णय थाहा पाउने बित्तिकै सम्मान गर्न, पालन गर्न…

पुरा पढ्नुहाेस्