रोल्पामा बस दुर्घटना, ८ जना घाइते

कार्तिक १२, काठमाण्डौ । रोल्पाको रुन्टीगढीबाट दाङको तुलसीपुरतिर जाँदै गरेको बस शनिबार पानीगैरामा सडकमै पल्टिँदा ८ जना घाइते भएका छन् । बिहान ९स्५० बजे भएको दुर्घटनामा प्रहरी र गाउँलेले तत्काल घटनास्थल पुगी उद्धार गरेकाले मानवीय क्षति हुन सकेन । प्रहरीका अनुसार बस रुन्टीगढी गाउँपालिका–८ को भित्रि सडक खण्डमा पर्ने मेलटाकुरादेखि दाङ तुलसीपुर जाँदै थियो । रा १ ख ७३८ नम्बरको बस पल्टेपनि बसमा सवार रहेका १५ जनाको उद्धार गरिएको हो । दुर्घटना भएको आधा घण्टापछि खबर पाएपछि इलाका प्रहरी कार्यालय होलेरीबाट इन्चार्ज प्रहरी निरीक्षक मधुसुदन विश्वकर्माको नेतृत्वमा ७ जनाको प्रहरी…

पुरा पढ्नुहाेस्