सभामुखको आह्वानमा सर्वदलीय बैठक बस्दै

फागुन २, काडमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा आज (सोमबार) सर्वदलीय बैठक बस्दै छ । बैठक संसद् सचिवालयमा दिउँसो २ बजे बस्ने गरी बैठक बोलाएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएसँगै पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा छलफलका लागि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएको न्यौपानेको भनाइ छ । ‘समसायिक विषयमा छलफल गर्न सभामुखज्यूले बैठक बोलाउनुभएको हो,’ न्यौपानेले भने । आइतबार सत्तारुढ दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ९८ जना सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोग दर्ता गरेका छन्…

पुरा पढ्नुहाेस्

सर्वदलीय बैठकः सहमति भएन, एमालेलाई संवादमा आउन आग्रह

पुस ४, काठमाडौँ । सर्वदलीय बैठक विना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सर्वदलीय बैठकमा संसद अवरोध हटाउने र अमेरिकी परियोजना (एमसिसी) बारे छलफल गर्ने कार्यसूची थियो । बैठकले लामो समयदेखि अवरुद्ध संसद बैठकलाई खुलाउन विपक्षी दल एमालेलाई आग्रह गर्ने निर्णय गरेको सञ्चार सुचना तथा प्रविधिमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । प्रतिपक्षले उठाएको विषयमा संवाद गर्न र उपर्युक्त सहमति खोज्न सरकार तयार रहेको प्रतिबद्धता व्यक्त गर्दै उनले संसद सञ्चालनका लागि सहयोगी भूमिका खेल्न आग्रह गरे । यता, एमालेले भने सर्वदलीय बैठकमा सहभागी नहुने तर…

पुरा पढ्नुहाेस्

सत्ता गठबन्धन दलहरूको बैठक सुरु

पुस ४, काठमाडौँ । सत्तासाझेदार गठबन्धनका दलहरूको बैठक सुरु भएको छ । सर्वदलीय बैठक बस्नुअघि पाँचदलीय गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो । सर्वदलीय बैठकमा पेश हुने एजेन्डाबारे साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्न लागेको हो । प्रधानमन्त्रीले आज ४ बजे सर्वदलीय बैठक आह्‍वान गरेका छन् । आजको बैठकमा अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)मा सहमति खोज्ने र संसद्मा जारी अवरोध हटाउँनेबारेका एजेन्डा छन् । सर्वदलीय बैठकअघि गठबन्धनमा यी विषयहरूमा छलफल हुन लागेको हो । तर, एमाले भने सर्वदलीय बैठकमा सहभागी नहुने भएको छ ।

पुरा पढ्नुहाेस्

सर्वदलीय बैठक बस्‍दै, संसद्को गतिरोध अन्त्यको विषयमा छलफल

असोज १४, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बिहीबार बिहान १० बजेका लागि सर्वदलीय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुसँग प्रधानमन्त्री देउवाले छलफल गर्न लागेका हुन् । बैठकमा संसद् सञ्चालनमा देखिएको अवरोध हटाउने, मन्त्रिपरिषद्लाई पूर्णता दिनेलगायत समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ । संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गत साउन २३ मा संसदको अधिवेशन सुरु भएसँगै सबैजसो बैठकमा अवरोध गर्दै आएको छ । उसले सभामुखको भूमिका…

पुरा पढ्नुहाेस्

सर्वदलीय बैठक बस्दै, क-कसलाई छ निम्तो

भदौ २८, काठमाडौँ । नेकपा एमालेले लगातार संसद् अवरुद्ध गर्न थालेपछि सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । बैठक आज दिउसो साढे दुई बजे बस्दै छ । संसद्को अवरोध हटाउनका लागि निकास खोज्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएको सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानले जानकारी दिए । बैठक ल्होत्से हलमा बस्ने न्यौपानले जानकारी दिए । बैठकमा प्रधानमन्त्री एवं काँग्रेस संसदीय दलका नेता शेर बहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली, माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका संसदीय दलका नेता माधव कुमार…

पुरा पढ्नुहाेस्