सुर्खेत क्षेत्र नं. १ मा कांग्रेस महामन्त्री खड्कानिकट प्यानल विजयी

मंसिर ८, सुर्खेत । नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनअन्तर्गत सुर्खेत क्षेत्र नं. १ मा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का निकट प्यानल नै विजयी भएको छ । महामन्त्री खड्का केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् भने क्षेत्र नं. १ को सभापतिमा झकबहादुर डाँगी निर्वाचित भएका छन् । यो महामन्त्री खड्काको निर्वाचन क्षेत्र हो । सभापतिमा संस्थापन समूहका झकबहादुर डाँगीले ७१९ मत ल्याएर विजयी हुँदा रामचन्द्र पौडेल समूहका बलबहादुर वलीले १०३ मत मात्रै ल्याएका थिए । यस्तै सचिवमा संस्थापन समूहका मोहन राना (७२०) र पदमबहादुर खत्री (७१७) मत ल्याएर विजयी भएका…

पुरा पढ्नुहाेस्