पालिकामा नयाँ जनप्रतिनिधिको कार्यकाल सुरु

जेठ ६, काठमाडौँ । स्थानीय तहमा नयाँ जनप्रतिनिधिको कार्यकाल सुरु भएको छ । २०७४ मा निर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल बिहीबार राति सकिएको र नयाँ जनप्रतिनिधिहरुको कार्यालय शुक्रबारबाट सुरु भएको निर्वाचन आयोगले बताएको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सबै ठाउँको नतिजा नआए पनि नयाँ जनप्रतिनिधिहरुको कार्यकालको गणना शुक्रबारदेखि नै हुने बताए । उनले निर्वाचन सम्पन भएर मतगणना सम्पन्न भएका स्थानमा आजैको मितिदेखि लागू हुने गरी सात दिनभित्र सपथ ग्रहण गराइसक्न मुख्य निर्वाचन अधिकृतलाई अनुरोध गरिसकेको बताए । विधानतः पालिकामा जनप्रतिनिधिविहीन हुन नहुने र पद रिक्त हुँदा सेवाग्राहीका काम प्रभावित…

पुरा पढ्नुहाेस्