पालिकामा नयाँ जनप्रतिनिधिको कार्यकाल सुरु

जेठ ६, काठमाडौँ । स्थानीय तहमा नयाँ जनप्रतिनिधिको कार्यकाल सुरु भएको छ । २०७४ मा निर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल बिहीबार राति सकिएको र नयाँ जनप्रतिनिधिहरुको कार्यालय शुक्रबारबाट सुरु भएको निर्वाचन आयोगले बताएको छ ।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सबै ठाउँको नतिजा नआए पनि नयाँ जनप्रतिनिधिहरुको कार्यकालको गणना शुक्रबारदेखि नै हुने बताए । उनले निर्वाचन सम्पन भएर मतगणना सम्पन्न भएका स्थानमा आजैको मितिदेखि लागू हुने गरी सात दिनभित्र सपथ ग्रहण गराइसक्न मुख्य निर्वाचन अधिकृतलाई अनुरोध गरिसकेको बताए ।

विधानतः पालिकामा जनप्रतिनिधिविहीन हुन नहुने र पद रिक्त हुँदा सेवाग्राहीका काम प्रभावित भएमा के गर्ने भन्ने अन्योल देखिए पनि जेठ ५ गते अगावै चुनाव भइसकेकाले कानुनीरूपमा खास समस्या नपर्ने र व्यावहारिक पक्षमा सरकारले आवश्यक सहजीकरण गर्ने पनि आयोगले जनाएको छ ।

निर्वाचित जनप्रतिनिधिमध्ये नगरका मेयर र गाउँपालिकाका अध्यक्षले कार्यभार सम्हाल्नु अगावै निर्वाचित भएको सात दिनभित्र जिल्ला न्यायाधीशबाट पद तथा गोपनीयताको सपथ लिनुपर्ने हुन्छ । मेयर र अध्यक्षले शपथ लिएको सात दिनभित्र गाउँपालिकाको उपाध्यक्ष, नगरपालिकाको उपमेयर, वडा अध्यक्ष, गाउँ तथा नगर सभाका सदस्यले शपथ लिनु पर्ने कानुनी व्यवस्था छ ।

२०७४ सालमा तीन चरणमा सम्पन्न निर्वाचनबाट ७ सय ५३ पालिकामा चुनिएका जनप्रतिनिधिको कार्यकाल जेठ ५ गते सकिने भएपछि नयाँ जनप्रतिनिधि चुन्न गएको वैशाख ३० गते चुनाव गरिएको हो ।

संम्बन्धित समचार

Leave a Reply