संखुवासभामा बस दुर्घटना, १० जनाको मृत्यु

फागुन २६,काठमाडौँ । संखुवासभामा बस दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका वडा नं। ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा १० जनाको मृत्यु भएको पुष्टि भएको डिएसपी लालध्वज सुवेदीले जानकारी दिए । बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको छ । घटनास्थलमा उद्धारकार्य जारी छ ।

पुरा पढ्नुहाेस्

थप ६८२७ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

माघ १४,काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ६ हजार ८२७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने एकै दिन १० जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ७९१ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ८०७ जना र ६ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २० जना गरी ६ हजार ८२७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको हो ।

पुरा पढ्नुहाेस्

थप ५९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, १० जनाको मृत्यु

आश्विन २४,काठमाडौँ । पछिल्लो २४ घण्टामा ५९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार २ सय ३७ पीसीआर परीक्षण गर्दा ५६५ जना र ३ हजार १६७ एन्टिजेन परीक्षण गर्दा ३१ गरी ६९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ भने ८७१ जना निको भएका छन् । आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख २ हजार १९८ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार २३१ पुगेको छ…

पुरा पढ्नुहाेस्

काबुलको विश्वविद्यालयमा आक्रमण, १० जनाको मृत्यु

कार्तिक १८, काठमाडौं । बन्दुकधारीहरुले अफगानिस्तानले कावुल विश्वविद्यालयमा आक्रमण गर्दा १० जना विद्यार्थीको मृत्यु भएको छ । अलजजिराका अनुसार बन्दुकधारीहरुले विद्यार्थीहरुलाई नै लक्षित गरेर आक्रमण गरेका थिए । प्रत्यक्षदर्शीहरुले आक्रमणपछि त्यस क्षेत्रमा ठूलो विष्फोट भएको भएको बताएका छन् ।

पुरा पढ्नुहाेस्