पूर्वी चितवनमा आफैँ चढेको बसले ठक्कर दिँदा तीर्थयात्रीको मृत्यु

बैशाख १३, भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एकजना तीर्थयात्रीको मृत्यु भएको छ । राप्ती–२ गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सुनसरीको चतराधामबाट फर्किदै गरेकी राप्ती नगरपालिका–२ गड्यौली बस्ने ६० वर्षीया निमाकुमारी रिजालको आफूले यात्रा गरेको बसको ठक्करबाट मृत्यु भएको हो । उक्त बसले उनलाई ओर्लने क्रममा ठक्कर दिएको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहाेस्

वेस्ट इन्डिज ‘ए’ विरुद्धको टी-२० सिरिजका लागि नेपाली टोलीको घोषणा

बैशाख १३, काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले वेस्ट इन्डिज ‘ए’विरूद्ध टी २० सिरिज खेल्ने टोलीको घोषणा गरेको छ । रोहित पौडेलको कप्तानीमा रहेको क्यानले नेपालले १६ सदस्यीय टोली घोषणा गरेको हो । युवा बलर आकाश चन्द टोलीमा समावेश भएका छन् ।नेपालले विश्वकप तयारीका लागि वेस्ट इन्डिज ‘ए’सँग घरेलु मैदानमा खेल्दै छ। वेस्ट इन्डिज ‘ए’ पहिलो पटक नेपाल आएको हो । वेष्ट इण्डिज ‘ए’ र नेपालबीचको पहिलो खेल टीयु क्रिकेट मैदानमा वैशाख १५ गते हुनेछ । वैशाख १६ मा दोस्रो, १९ गते तेस्रो, २० गते चौथो र २२ गते अन्तिम…

पुरा पढ्नुहाेस्

घट्यो सुन–चाँदीको भाउ, आज तोलाको कतिमा हुँदैछ कारोबार ?

बैशाख १३, काठमाण्डौँ । नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला पाँच सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला दुई सय रूपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३५ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार एक सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ३६ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार तीन सय ५० रूपैयाँमा कारोबार भएको थियो।त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको…

पुरा पढ्नुहाेस्

कर्णालीका मुख्यमन्त्री कँडेलले विश्वासको मत लिँदै

बैशाख १३,काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् । त्यसका लागि कर्णाली प्रदेश सभाको बैठक आज दिउँसो ३ बस्दै छ । मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिन लागेकाले प्रदेश सभाको बैठक दिउँसो तीन बजे बोलाइएको सूचना अधिकारी उपेन्द्र कुमार गुरुङले जानकारी दिए । कर्णाली प्रदेशसभा ४० सदस्य छन् । नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १० जना सांसद छन् । यसैगरी राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्रका एकरएक सांसद छन् । नेकपा एमाले र माओवादी केन्द्रको मात्रै संख्या जोड्ने हो भने पनि मुख्यमन्त्री कँडेलले…

पुरा पढ्नुहाेस्

उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने

बैशाख १३,काठमाडौँ । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिताअनुसार आजदेखि प्रचारप्रसार गर्न निषेध गरिएको छ । निर्वाचन आयोगले मतदान हुने दिन यही वैशाख १५ गतेभन्दा ४८ घण्टा अघि अर्थात् गएराति १२ बजेदेखि मतगणनाको कार्य सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न निषेध गरिएको जनाएको छ । आयोगले यस अवधिमा उपनिर्वाचन हुने सम्बन्धित जिल्लामा आचारसंहिता प्रतिकूल हुने गतिविधिको निगरानी तथा नियन्त्रणका लागि सूक्ष्म अनुगमन गरी आचारसंहिता पालना गराउने व्यवस्थासमेत मिलाइसकेको छ । निर्वाचन आचारसंहिताबमोजिम प्रचारप्रसार…

पुरा पढ्नुहाेस्

आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली

बैशाख १३,काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा छिटपुट देखि हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको केही स्थानहरू साथै…

पुरा पढ्नुहाेस्

स्वदेश फर्किए कतारका अमिर थानी

बैशाख १२, काठमाडौँ । नेपालको दुईदिने राजकीय भ्रमणमा आएका कतारका अमिर तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई बिदाई गरेका हुन् । मंगलबार काठमाडौं आआएका कतारका अमिर थानीले राष्टपति रामचन्द्र पौडेलसँग शितल निवासमा भेटवार्ता गरेका थिए । .

पुरा पढ्नुहाेस्

कतारी राजाको नेपाल भ्रमण : दुई देशबीच एक सम्झौता, सात समझदारीपत्रमा हस्ताक्षर

बैशाख १२, काठमाडौँ । नेपाल र कतार दुई देशबीचमा सहकार्य गर्न विभिन्न सात समझदारीपत्रमा हस्ताक्षर र एउटामा सम्झौता भएको छ । दुई दिने राजकीय नेपाल भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको प्रतिनिधिमण्डलबीच आज भएको भेटवार्तापछि सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ । बुधबार दुई पक्षबीचमा सरकारी तहमा ६ वटा र निजी क्षेत्रसँग दुईवटा क्षेत्रमा काम गर्ने समझदारी भएको छ । नेपालको राष्ट्रिय समाचार समिति र कतार न्युज एजेन्सीबीचमा समाचार आदान प्रदान गर्ने एकमात्र सम्झौता भएको हो । यस्तै,…

पुरा पढ्नुहाेस्

प्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका राजा शेख तमिम बिन हमाद अल थानीबीच द्विपक्षिय भेटवार्ता सुरु भएको छ । मंगलबार नेपाल आइपुगेका कतारका राजा थानी र प्रधानमन्त्री प्रचण्डबीच होटल सोल्टीमा द्विपक्षिय भेटवार्ता सुरु भएको हो । यसअघि प्रधानमन्त्री प्रचण्ड र कतारी अमिर थानीबीच वान टू वान भेटवार्ता भएको थियो ।

पुरा पढ्नुहाेस्

‘अब हरेक स्वास्थ्य चुनौतीको सामना गर्न सक्ने पूर्वाधार विकास गर्नुपर्छ’ : प्रधानमन्त्री दाहाल

बैशाख १२, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा नयाँ नयाँ चुनौतीहरू देखा परिरहेको उल्लेख गर्दै चुनौतीको सामना गर्न सक्ने गरी पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिएका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई बुधबार बिहान सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘स्वास्थ्य क्षेत्रमा आउन सक्ने जस्तोसुकै चुनौतीको सामना र व्यवस्थापनका लागि प्रतिष्ठानले थप पूर्वाधारहरूको विकास गर्नुपर्छ ।’ दाहालले प्रतिष्ठानको सेवालाई गुणस्तरीय बनाउन सरकारले थप ध्यान दिने उल्लेख गरेका छन् । ‘अस्पतालको सेवालाई अझ गुणस्तरीय र प्रभावकारी बनाउन विशेष जोड दिइनेछ ।’ दाहालले भने ।

पुरा पढ्नुहाेस्